वडाध्यक्ष सहित कांग्रेसका नेताहरु पुगे ब्रतालु भक्तजनलाई भेट्न छठ घाट

360
Friendship Mobile

लोक आस्थाको पवित्र पर्व छठ आज शनिवार बिहानको उदाउँदो सुर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्ने गरिन्छ । गएको बुधवारबाट सुरु भएको छठ यसपाली कोरोना माहामारिका कारण अघिल्ला बर्षहरुको जस्तो बृहत हुन सकेन । कतिपयले यसपालीको छठलाई घर आँगनमै घाट बनाएर मनाए भने कतिपय सिमित ब्यक्तिहरु मात्रै सहभागी भएर घाटमा पुगे ।

यसै बिच रौतहटको कटहरिया नगरपालीका वडा नम्बर ३, ५ र ६ का वडाध्यक्षहरु उमेश यादव, सर्फलाल प्रसाद गुप्ता, शम्भुकान्त यादव सहित नेपाली कांग्रेसका युवा नेताहरु गनिलाल यादव, वाल्मिकी यादव, हरेन्द्र यादवले नगरभित्रका बिभिन्न छठ घाटमा पुगेर ब्रतालु भक्तजनहरुसँग भेटघाट गर्दै शुभकामना आदान प्रदान गरेका छन । सहभागी वडाध्यक्षहरुले यसपालीको छठमा ब्रतालु भक्तजनहरुको सुबिधालाई ध्यानमा राखेर गाउँदेखि छठ घाटसम्म बिजुली बत्तिको प्रबन्ध गरेका थिए ।

उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।