सर्लाहीमा घर र पसलमा आगलागी हुँदा लाखौँको क्षति

433
Friendship Mobile

सर्लाहीको धनकौल गाउँपालिका–४ महिनाथपुर स्थित दहाउर सहनीको घर आगोले जलेर नष्ट भएको छ ।

शनिबार साँझ भएको आगलागीबाट सहनीको एक तले फुसको घर तथा घरभित्र रहेको १ टेलिभिजन, १ तोला सुन, नगद ९० हजार रुपैंया, दुईवटा मोबाईल सेट सहित लत्ताकपडा, भाँडा वर्तन, अन्नपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । खाना बनाउने सिलिण्डरबाट ग्याँस लिक भई आगलागी हुँदा दुई लाख ६३ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार राती ९ बजे बिष्णु गाउँपालिका–५ फेन्हरा स्थित राज कुमार रायको काठले बनाएको घुम्ती पसलमा अचानक आगलागी हुँदा घुम्ती पसल आंशिक रुपमा जलेको छ । आगलागीबाट पसलमा रहेको नगद, सिल्डप्याक मदिरा तथा अन्य सामानहरु जलेर नष्ट हुँदा ७० हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।