लालबन्दीमा लागुऔषध सहित ३ जना प्रहरिको नियन्त्रणमा

1,089
Friendship Mobile

सर्लाहीको लालबन्दीमा लागुऔषध सहित ३ जनालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

यहि मंसिर ४ गत्ते बिहिवारका दिन बयलवास बाट लालबन्दी तर्फ आउँदै गरेको २ ओटा मोटरसाईकल चेकजाँच गर्ने क्रममा लागुऔषध डाईलेक्स डि.सि.र नाईट्रोभेट सहित ३ जनालाई प्रहरिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ज९प ३७९८ नम्बरको मोटरसाईकल चालक ईश्वरपुर २ बस्ने १८ बर्षिय मनोज कुमार साह, सोहि ठाउँका बिआर ३० जेड ४६९६ नम्बरको मोटरसाईकल चालक सञ्जिव साह र भारत सितामणि सुनबर्षा १४ बस्ने २९ बर्षिय कृष्ण महत रहेका छन ।

करिव ४ बजेको समयमा बिशेष सुचनाको आधारमा मोटरसाईकल चेकजाँच गर्दा उनिहरुले लुकाएर ल्याउँदै गरेको डाईलेक्स डिसि ९८ पिस, नाईट्रोभेट २०९ पिस सहित मोटरसाईकल नियन्त्रणमा लिईएको ईलाका प्रहरि कार्यालय लालबन्दीले जनाएको छ ।