रौतहटको मौलापुरमा मेयर साहले बोलेको कुरा पुरा नगरेको भन्दै स्थानिय आक्रोसित

294
Friendship Mobile
  • रचना काफ्ले/रौतहट ।

रौतहटको मौलापुरमा नगरप्रमुखले बोलेको कुरा पुरा नगरेको भन्दै स्थानियले बिरोध जनाएका छन ।

मौलापुर नगरपलिका वडा नम्बर ६ को पथरा बुधराममा करिव ५ महिना अगाडि नाला निर्माण गरिएको थियो । उक्त नाला एक महिना नबित्दै भत्किएपछि कमसल नाला बनाईएको स्विकार्दै नगरप्रमुख रिना साहले १५ दिन भित्र पुनः नाला निर्माण गर्न निर्देशन दिने बताएकी थिईन । नाला भत्किएपछि मेयर साह समक्ष डेलीकेसन पुगेका गाउँलेलाई १५ दिन भित्र नाला निर्माण थालीने बताईएको भएपनि अहिले सम्म कुनै वास्ता नगरिँदा स्थानिय निरास बनेका छन ।

गौरीशंकर जयसवालको भतिजा उपभोक्ता समिति अध्यक्ष, तत्कालीन ईन्जिनियर र निमित्त प्रशासकिय अधिकृत रामबाबू साह एवं क्षेत्र नम्बर ३ का सङघिय सांसद प्रभु साहको नजिकका ब्यक्ति नाला निर्माणमा सहभागी भएकै कारण गुणस्तरहिन काम भएको स्थानीयले आरोप लगाएका छन ।