कटहरियामा टि २० क्रिकेट टुर्नामेन्ट सुरू, १६ टिमले सहभागीता जनाउने

237
Friendship Mobile

रौतहट जिल्लाको कटहरियामा आईतवारबाट टि २० क्रिकेट टुर्नामेन्ट सुरू भएको छ । ब्रहमबाबा क्रिकेट टिमको आयोजनामा टुर्नामेन्ट सुरू भएको हो ।

वडा नम्बर ५ स्थित कटहरिया गाउँमा सुरु प्रतियोगीताको एक कार्यक्रमका बिच नगरप्रमुख सियाराम कुश्वाहाले उद्घाटन गर्नुभएको छ । वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षतामा भएको एक कार्यक्रमका बिच टुर्नामेन्ट उद्घाटन गरिएको हो ।

टुर्नामेन्टमा यस क्षेत्रका १६ ओटा टिमले सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम र द्वितिय स्थान प्राप्त गर्ने टिमलाई नगद १५ हजार र ८ हजार तथा कप प्रदान गरिने आयोजकले जानकारि दिएको छ । कार्यक्रममा नगरपालीकाकी उपमेयर नुरजहाँ खातुन, वडा नम्बर ४ का वडाअध्यक्ष एवं नगर प्रवक्ता चन्दन कुशवाह सहित स्थानिय समाजसेवि, खेलप्रेमि तथा खेलाडीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कुशवाहले कटहरियाका खेलाडीहरूलाइ अगाडि बढाउन आफू हरदम तैयार रहेको बताउँदै आयोजकलाइ नगद २० रुपैँया र वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताले ५ हजार रुपैँया रकम प्रदान गर्नु भएको थियो ।

टुर्नामेन्ट मंसिर १५ गते सम्म चल्ने आयोजक टिमले जानकारी गराएको हो ।