बलात्कारीलाई कारवाहीको माग गर्दै राजमार्ग बन्द, आरोपितको घरमा आगजनी

818
Friendship Mobile

महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको आरोपीलाई कडा कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन्।

प्रदर्शनकारीले प्रदर्शन स्थलमा निरन्तर ढुंगामुढा गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। 

भीड नियन्त्रणमा लिन हवाइ फायर गरेको भए पनि कति राउन्ड हवाइ फायर भएको एकिन नभइसकेको इलाका प्रहरी कार्यलय वर्दिवासका डीएसपी राजन चापागाइँले जानकारी दिए। प्रदर्शन स्थलमा भीडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। 

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंका अनुसार आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव राती बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो। 

आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजगमार्गमा टायर बालेर बन्द गरेका छन्। बलात्कारपछि हत्या गरिएको आशंका भएकोले निस्पक्ष छानविन गर्न बालिकाका बुवाले माग गरेका छन्। स्थानीयले आरोपीको घरमा पनि तोडफोड गरेका छन्।

  • आरोपितको घरमा आगजनी

बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।

आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई बीच बाटोमै उनीहरूले रोकेका छन्।

घरमा लगाएको आगलागी भीषण हुँदै गएको डीएसपी चापागाइँले बताए। घरमा भएको सिलिन्डर पड्किएर आगो अनियन्त्रित्र भएको हो। अन्नपूर्ण पोस्ट बाट