रौतहटमा छिमेकीको कुटाईबाट एक जनाको ज्यान गयो

382
Friendship Mobile

रौतहटको बृन्दावन नगरपालीकामा छिमेकीको कुटाईबाट एकजनाको ज्यान गएको छ ।

वृन्दावन नगरपालिका–७, सखुवा धमौराका अमिरि पासवानको छिमेकिको कुटाइबाट मृत्यु भएको हो । अमिरिको हत्या आरोपमा प्रहरीले उनका छिमेकि १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ विकास सहितको टोलीले मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा अमिरी पासवानलाई कुटपिट गरी धकेलेर गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।