बर्दिबास घट्नाका कारण अवरुद्ध पुर्व पश्चिम राजमार्ग खुल्यो, सवारि साधन आफ्नो गन्तब्यतिर

754
Friendship Mobile

महोत्तरीको बर्दिबासमा बालिका हत्या विरोधमा स्थानीयले तोडफोड सहित विरोध प्रदर्शन गरेपछि अबरुद्ध भएको पुर्व पश्चिम राजमार्गमा सवारि साधनको आवागमन सुचारु भएको छ । रोकीएका सवारि साधन करिव साँडे ३ बजेको समयबाट सुचारु भएको प्रदेश ट्राफिक प्रहरि कार्यालयले जानकारि दिएको छ ।

बर्दिबास नगरपालिका–१४ घर भएका शहीद आलमकी छोरी ६ वर्षीया गुलाब खातुनको बलात्कार पश्चात हत्या गरिएको भन्दै स्थानीयले मंगलबार बिहानैदेखि बर्दिबास बजार एवं आसपासमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । उनिहरुको प्रदर्शनका कारण राजमार्ग अवरुद्ध हुँदा पश्चिबाट पूर्व हिँडेका सवारी साधनलाई राजमार्गमै रोकिएको थियो ।

मंगलबार बिहानैदेखि सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन, सुखेपोखरी, बागमती लगायत स्थानहरुमा बर्दीबासदेखि पूर्व जाने सवारी साधनलाई प्रहरीले रोकेर राखेको थियो । बर्दीबास छेउछाउ नै पुगेर सवारीसाधन रोकिँदा प्रदर्शनकारीले थप क्षति पुर्याउन सक्ने भएकाले महोत्तरी प्रहरीको आग्रहमा सवारि साधनलाई सर्लाहीमै रोकिएको थियो ।

तश्विर : रुपेश राज पाण्डे/हरिओन

हत्या आरोपमा बर्दिबास प्रहरीले गौशाला नगरपालिका–५ घर भई बर्दिबास चोकमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ । आइतबार साँझदेखि बेपत्ता भएकी गुलाबको मंगलबार बिहान एक बजे घर नजिकैको खेतमा फेला परेको हो । प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् ।

प्रदर्शन नियन्त्रणम लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्याँस एवं केही राउण्ड गोली समेत चलाएको छ । गोली लागेर तीनजना घाईते भएको प्रहरीले जनाएको छ । गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन् । न्यौपानेको तिघ्रामा र आलमको टाउकोमा गोली लागेको छ । न्यौपानेको बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ।

प्रदर्शनमा उत्रिएका श्याम कार्कीलाई प्रहरीले हानेको ४ राउण्ड गोली लागेको छ। कार्कीको छाती, घाँटी, पाखुरा र हातमा गोली लागेको छ। अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ। कार्कीको बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।