रौतहटमा ४ केजि गाँजा सहित ६० बर्षिय बृद्ध पक्राउ

526
Friendship Mobile

रौतहटमा लागुऔषध गाँजा सहित प्रहरिले एक बृद्धलाई पक्राउ गरेको छ । बुधवार बिहान जिल्लाको माधवनारायण नगरपालीका १ दिपहि स्थित सडकबाट प्रहरिले सोहि ठाउँका ६० बर्षिय जोखु राय यादवलाई पक्राउ गरेको हो ।

गाँजा लिएर जाँदै गरेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरि कार्यालय शिवनगरबाट गएको टोलीले सडकमा आवत जावत गर्ने मानीस तथा सवारिलाई चेकजाँच गर्ने क्रममा साईकलमा जाँदै गरेका यादवलाई प्रहरिले पक्रेको हो ।

पक्राउ परेका यादवले साईकलमा पछाडि बोरामा बाँधि ल्याएको ४ केजि गाँजा सहित उनलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।