पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जना कोरोना संक्रमितको मृत्यु

252
Friendship Mobile

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्।

मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर भएको थियो ।

अहिले देशभर होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना रहेका छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् । आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४८५ पुरुष र ३५० महिला गरेर ८३५ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुर, कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।