नव विकासले १३ औं स्थापना दिवस मनायो

368
Friendship Mobile

रौतहटको चन्द्रपुर नगरपालीका ४ मा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाको बार्षिक उत्सव बुधवार सम्पन्न भएको छ । प्रदेश २ कै उत्कृष्ठ सहकारी संस्थाको रुपमा परिचित नव बिकाश बचत तथा ऋण सहकारी संस्थाले आफनो १३ औँ स्थपना दिवस मनाएको हो ।

‘समना शक्ति बिकाशको लागी, सद्भाबपुर्ण सहकार्य’ भन्ने मुल नाराका साथ स्थापना भएको १३ बर्ष पुरा भएको उपलक्ष्यमा सहकारी संस्थाले स्थापना दिवश मनाएको हो । दिवश कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देबकी नेपालले बचत तथा ऋण सहकारी संस्थाहरुको बिकासको लागी जुनसुकै सहयोग गर्न तत्पर रहेको बताएकी थिइन । सहकारीको मुल्य मान्यता र मर्म अनुसार नै नब विकास साकोसले काम गरेको कारण नै प्रदेश २ मै उत्कृष्ठ सहकारीको रुपमा घोषित समेत भएको अध्यक्ष नेपालले बताइन् । रौतहटमा रहेको सबै सहकारी संस्थाहरुको आर्थिक, समाजिक र कर्मचारीहरुको क्षमता विकासका लागी सहयोग गर्न संघ तत्पर रहेको भन्दै अध्यक्ष नेपालले संस्थाको बार्षिक उत्सवको अवशरमा सुभकामना प्रदान गरेकी थिइन ।

यसैगरी सोही संस्थाका संस्थापक अध्यक्ष तथा रौतहट बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष खड्ग बहादुर बम्जनले नव विकास सहकारी प्रदेश मै उत्कृष्ठ हुनुले खुशी तुल्याएको बताए ।
कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखा प्रमुख चन्द्रकला बराल, नव विकास साकोसका सल्लाहकार दुर्गा प्रसाद चिमोरिया लगायतले संस्थाको सफलताको शुभकामना दिएका थिए ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति देब बहादुर सापकोटाले सहकारीको भावना अनुसार नै चलेको हुदा नव विकास साकोस प्रदेश मै उत्कृष्ठ सहकारीको रुपमा स्थापित भएको बताएका थिए । संचालक तथा कर्मचारीहरुले निस्वार्थ रुपमा काम गरेको र नेपाल सरकारले बनाएको निति अनुसार नै चलेको हुदा बिगत ३ बर्ष देखी नव विकास सहकारी संस्था प्रदेश २ मै उत्कृष्ठ हुन पुगेको अध्यक्ष सापकोटाले लिड न्युज नेपाललाई जानकारी दिए ।