९ महिनापछि रौतहटको गौर बैरगनिया नाका खुल्यो, दुबै देशका नागरिकलाई राहत

308
Friendship Mobile

भारतिय सिमासँग जोडिएको रौतहटको गौर बैरगनिया बोर्डर विहिवारबाट खुल्ला भएको छ । कोरोना महामारीका कारण लामो समयदेखी बन्द रहेको रौतहटको गौर नाका विहिवारबाट खुल्ला भएको छ । कोरोना भाइरस रोकथामका लागि विगत ९ महिनादेखी बन्द रहेको गौर बैरगनिया नाका विहिवारबाट खुलेको हो ।

नाका खुलेसँगै नेपाल र भारत दुवै देशका नागरिक पहिला जस्तै एक अर्काे देशमा सहज ढंगले आवतजावत गर्न थालेका छन ।

रौतहटको प्रमुख नाकाको रुपमा रहेको गौर भन्सार नाकाबाट नेपाल–भारत आवतजावत गर्न दिन र पहिले जस्तै सीमा नाका सञ्चालन गर्न माग गर्दै गौर नाकामा केहि दिन देखी निरन्तर आन्दोलन हुँदै आएको थियो । कोरोनाको कहर अब पहिला जस्तो नरहेपनि कोरोनाको बहानामा सरकारले लामो समयदेखी सिमा नाका बन्द गरेर सर्वसाधारणहरुलाई दुःख दिने काम मात्र गरेको भन्दै नागरिक समाजको अगुवाइमा प्रदर्शन तथा धर्ना कार्यक्रम निरन्तर हुदै आएको थियो ।

बजार, कलकारखाना, विद्यालय र यातायात सबै संचालन भइसक्दा पनि सीमा नाका बन्द गरेर राख्नु उचित नभएकोले जसरी पनि सिमा नाका खोल्नुपर्ने माग उठदै आएको अवस्थालाई मध्य नजर गर्दै सिमा नाका खुल्ला गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । तत्कालका लागी शव वाहन, एम्बुलेन्स, पैदल यात्री र जन्तीका गाडीहरु मात्र आवत जावत गर्नका लागि नाका खोलिएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभएको छ ।