रौतहटका मनकारि रिक्साचालक तिमल्सिना : ४ जना बालबालीकाको लागी गरे सहयोग

880
Friendship Mobile

रौतहटको चन्द्रपुरमा रिक्सा चलाएर बिभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आउनुभएका चर्चित समाजसेवि केदार प्रसाद तिमल्सिनाले आज ४ जना अनाथ बालबालीकालाई सहयोग गर्नुभएको छ ।

रौतहटको सिमामा पर्ने मकवानपुरको बकैया स्थित धोबि खोलामा आफन्तकोमा बस्दै आएका बेसहारा ४ जना बालबालीकाको लागी रिक्साचालक तिमल्सिनाले लत्ताकपडा तथा केहि खाद्य सामाग्री वितरण गर्नु भएको हो ।

तिमल्सिनाले लिड न्युज नेपाललाई टेलीफोनबाट दिनुभएको जानकारि अनुसार बालबालीकालाई ब्यक्तिगत खर्चमा १० केजि चिउरा, ट्रयाक हुक सेट र ४ जनालाई ओड्न पुग्ने कम्बल बितरण गरिएको हो । केहि दिन अघि रौतहटका पत्रकार उपेन्द्र गोलेले अनलाईनमा लेख्नुभएको बालबालीकाको फोटो सहितको समाचार पढेपछि आफुले उनिहरुलाई सहयोग गरेको रिक्सा चालक तिमल्सिनाले जानकारि दिनुभयो ।

उहाँले प्रत्येक बर्ष जाडोको समयमा बिपन्न ब्यक्ति तथा परिवारका लागी बिभिन्न किसिमका सहयोगहरु गर्दै आउनुभएको छ । यसपालीको जाडोमा पनी बिपन्न परिवारका लागी न्यानो सहयोग गर्ने मनसायले सहयोग रकम तथा सामाग्रीहरु संकलन कार्य सुरु गरिसकिएको उहाँले बताउनुभएको छ ।

उहाँले रौतहट सहित सर्लाही, मकवानपुर, चितवन, कपिलबस्तु र कालीकोट सम्मका बिपन्न तथा समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गरिसक्नुभएको छ ।

तश्विर ः रिक्सा चालक समाजसेवि केदार प्रसाद तिमल्सिनाको फेसबुकबाट

रिक्साचालक तिमल्सिनाले बिश्वभर माहामारिको रुपमा फैलीएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनी बिभिन्न ठाउँबाट ज्याला मजदुरिका लागी चन्द्रपुरमा डेरा लिएर बस्ने ब्यक्तिहरुलाई खानाको प्रबन्ध गर्नुभएको थियो । लकडाउनका कारण सिर्जना भएको कठिन परिस्थितीमा बिभिन्न दाताहरुको सहयोगमा करिव २९४ परिवारलाई खाद्यान्नको ब्यबस्थापन गरिएको उहाँले जानकारि दिनुभयो ।

रिक्सा चलाएर आफ्नो पारिवारिक गुजारा चलाउँदै आउनुभएका तिमल्सिनाको पहलमा बिभिन्न ठाउँ तथा देशमा बस्ने ब्यक्ति तथा संस्थाहरुले बिपन्न परिवारका लागी सहयोग पु¥याउँदै आउनुभएको छ ।