कटहरियाको बगहिमा रहेको बिद्यालयले बाँड्यो बिद्यार्थीलाई दिवा खाजा वापतको भत्ता रकम

252
Friendship Mobile

कटहरिया नगरपालिका वडा नं. ७ बगहिमा रहेको माध्यमिक विद्यालयका शिशु कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई दिवा खाजा वापतको भत्ता रकम बितरण गरिएको छ ।

स्कूलमा उपस्थीत भएको दिन को हाजिरी हेरेर बिद्यार्थीलाई दिनको १५ रुपैयाँका दरले शिशु कक्षा देखि ५ कक्षा सम्मको छात्र छात्राहरुलाई खाजा भत्ता बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक पवन पण्डितले बताएका छन । बिद्यालयमा रहेको खाजा समितीको रोहबरमा वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन यादव समेतको बिशेष उपस्थिती एवं बिद्यालयका कर्मचारि, स्थानिय केहि ब्यक्तिहरु तथा उल्लेख्य बिद्यार्थीहरुको उपस्थितीमा खाजा खर्च वापतको रकम बिद्यार्थीलाई बितरण गरिएको हो ।

उनीहरुलाई कटहरिया नगरपालीकाबाट प्राप्त १० लाख ९९ हजार ४२५ रुपैयाँबाट दिनको २ ओटा कक्षा गरि ३ दिनमा सो रकम बितरण गरि सकिएको प्रधानाध्यापक यादवले जानकारि दिए ।