कटहरियाका नगर प्रमुख कुशवाहले गरे १५ शैयाको अस्पताल भवन निर्माणको शिलान्यास

410
Friendship Mobile

रौतहट जिल्लाको कटहरिया नगरपालीकामा सोमबार बिहान १५ शैयाको अस्पताल निर्माणको शिलान्यास गरिएको छ ।

आज सोमबार ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।

सोही योजना अनुसार आज स्वास्थ्य मन्त्रालयकटहरियामा पनी अस्पतालको शिलान्यास गरिएको हो । बिहान एक कार्यमक्रमका बिच कटहरिया नगरपालीका प्रमुख सियाराम कुशवाहले पुजा पाठ गरि बिधिपुर्वक अस्पताल भवन निर्माणको शिलान्यास गरका छन । स्वास्थ्य मन्त्रालयको करिव १८ करोड लागतमा टेन्डर आह्वान प्रक्रियाबाट २ बर्षमा निर्माण सम्पन्न गर्ने गरि अस्पताल निर्माणको उद्घाटन गरिएको नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत राम प्रकाश साहले जानकारि दिएका छन ।

कार्यक्रममा उपमेयर नुरजहाँ खातुन, नगर प्रवक्ता चन्दन कुश्वाहा, वडा अध्यक्षहरु सर्फलाल गुप्ता, हरिभजन साह, राजकुमार साह, प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, कटहरिया इलाका प्रहरी कार्यालयका सई लतिफ अंसारी, स्वास्थ्य संयोजक अमृत भगत कुशवाहा, योगेन्द्र कुशवाहा, मा.बि. कटहरियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुसवाह, कटहरिया नगरपालिकाका कर्मचारी, बिभिन्न राजनितिक दलका प्रतिनिधि, नगरपालीकाका कर्मचारि तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।