बर्दिबासमा अर्को बलात्कारको घटना : भैंसि चरुवा बालिका बलात्‍कृत, ५ महिनाको गर्भ

652
Friendship Mobile

महोत्तरी : बर्दिबास नगरपालिका–१२ बिजलपुरामा बलात्कार गरी बालिकालाई गर्भवती बनाएको घटना सार्वजनिक भएको छ । बालिका बलात्कार आरोपमा प्रहरीले गत मंसिर ७ गते स्थानीय २१ वर्षीय ललन राउतलाई पक्राउ गरेको थियो । 

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा अघि बढाइएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए । ‘बालिकाको गर्भमा पाँच महिनाको बच्चा छ । गर्भपतन गराउन नमिल्ने अवस्था छ’, डीएसपी चापागाईंले भने ।

ती बालिका गत असारमा भैंसी चराउन घरनजिकै गएकी थिइन् । साँझ बजारदेखि मोटरसाइकलमा आएका आरोपीले हात समाई झाडीमा लगेर बालिकालाई बलात्कार गरेको पीडितका बुवाले बताए ।

बालिका गर्भवती भएसँगै परिवार समस्यामा परेको महिला सांस्कृतिक उत्थान केन्द्र बर्दिबासकी अध्यक्ष शारदा दाहालले जानकारी दिइन् ।