रौतहटमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

286
Friendship Mobile

रौतहटको चन्द्रपुर नगरपालिका बसन्तपुरमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गरेको छ । चन्द्रनिगाहपुराबाट गौर जान लागेको ना ३ ख ५७२२ नम्बरको ट्रकले ठक्कर दिँदा ६५ वर्षीया महिलाको घटनास्थलमै ज्यान गएको हो ।

ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडानं ८ मोतीपुरकी ६५ वर्षकी देवकी आचार्यको ज्यान गएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले जानकारी दिएका छन् । ठक्कर दिने चालक र ट्रक ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा रहेको एसपी शाहले बताए ।

घटनाबारे आवश्यक अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।