प्रदेश सांसद महतोले गरे गेरूका खोला पुलको उद्घाटन

421
Friendship Mobile


सर्लाहीको चन्द्रनगर गााउँपालिकाको गेरूका खोला पुल बुधवार उद्घाटन गरिएको छ। चन्द्रनगर गाउँपालिका स्थित वार्ड नं २ र ३ जोड्ने सडकमा रहेको गेरूका खोलामा निर्मित पुलको उद्घाटन बुधवार सर्लाही क्षेत्र नं. १ (क) का प्रदेश सांसद उपेन्द्र महतोले गर्नुभएको छ।

उक्त पुलको लागत ८४ लाख रुपैंया रहेको र महतोको पहलमा संघिय सरकारको सहयोगमा गेरूका खोलामा पुल निर्माण भएको पुल निर्माण समितिको अध्यक्ष कामेश्वर साहले जानकारी गराउनुभयो।

चन्द्रनगर गाउँपालिकामा पर्ने गेरूका नदीमा पुल उद्घाटन सँगै यो सड़क भएर आवतजावत गर्ने बटुवाहरुका साथै खेतिवारीको काममा निस्कने किसान तथा विद्यालय जाने विद्यार्थीहरुलाई आवतजावत गर्न सहज हुने जसपा केन्द्रीय सदस्य चेतनारायण महतोले बताउनुभयो । सो नदीमा पुल नहुँदा वर्षातको मौसममा बाटो बन्द भएर किसानहरूलाई खेतिवारी र विद्यार्थीहरुलाई स्कूल जान समस्या हुँदै आएको थियो ।

एक बर्ष पहिले प्रदेश सांसद महतोले नै शिलान्यास गर्नुभएको थियो र आज एक कार्यक्रमको आयोजना गरी महतोले नै उदघाटन गर्नुभएको हो।

पुल उदघाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महन्द्र महतो, वार्ड अध्यक्षहरू, प्रमुख प्रसासकीय अधिकृत, लगायत अन्य जनप्रतिनिधि, स्थानिय तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

दुई दिन अघी महतोले चन्द्रनगर गाउँपालिका मै कटही खोला पुलको उद्घाटन गर्नुभएको थियो।