देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : कमल थापा

405
Friendship Mobile

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्। 

पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तर्क्रीयामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। हिन्दुराष्ट्र र राजसंस्थाको  आवश्यकता दिनप्रतिदिन बढिरहेको उनले बताए।

कार्यक्रममा सचिवालय प्रमुखद्वय ध्रुबबहादुर रायमाझी र भाष्कर भद्रा लगायतले पनि आफ्ना भनाइ राखेका राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिएका छन्।