रौतहटमा कर्तव्य ज्यान मुद्धाको एक फरार अभियुक्त पक्राउ

299
Friendship Mobile

रौतहटमा कर्तव्य ज्यान मुद्धाको एक फरार अभियुक्त पक्राउ परेका छन । ज्यान मुद्धामा लामो समयदेखी फरार रहेका जिल्लाको कटहरिया नगरपालिका १ भसेढवाका तेजन दास भन्ने तेजनारायण दास पक्राउ परेका छन ।

पक्राउ परेका दासले २०७७ साल बैशाख ७ गते राति साढे ९ बजेको समयमा कटहरिया नगरपालिका वडा नं.१ भसेढवाका संदिप यादवलाई मृत्युहुनेगरी निर्घात कुटपिट गरेको थियो । कुटपिटबाट यादवको मृत्यु भएदेखी नै दास फरार रहँदै आएको थियो ।

फरार रहदै आएका दासलाई सोमवार राति अस्थायी प्रहरी पोष्ट छेदीचौकको प्रहरी टोलीले उनको आफनै गाउँबाट पक्राउ गरेको हो । जन्ती हेर्न घरबाट बाहिर निस्केको आवस्थामा अभियुक्त दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफ्नै गाउँ भसेढवामा जन्ती हेर्न घर बाहिर निस्केको अवस्थामा स्थानिय मानिसहरुले दासलाई समातेर कुटपिट गरी रहेको सुचना प्राप्त हुनसाथ अस्थायी प्रहरी पोष्ट छेदी चोकबाट खटिगएको प्रहरी टोलीले अभियुक्त तेजनारायण दास तत्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेको तत्मालाई आवश्यक कारवाहीको लागि आज सम्मानित रौतहट जिल्ला अदालतमा बुझाउँने जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक प्रवक्ता प्रहरी निरीक्षक सुशील कुमार पाण्डेले जानकारी दिनुभएको छ ।