नेपालमा १३०४ जना संक्रमित थपिए, २०७३ जना निको, २१ जनाको मृत्यु

335
Friendship Mobile

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा हालसम्म २ लाख ३४ हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै नेपालमा निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । नेपालमा हाल १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ५२९ पुगेको छ ।