आउन थाल्यो युरिया मल, पर्साका किसान हर्षित

344
Friendship Mobile

रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ याममा मल पाएपछि हर्षित भएका छन् । साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि यहाँका किसानलाई गहुँ खेती गर्न सहज भएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ । नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो । तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छन् ।

स्विस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हुँदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा रासायनिक मल ल्याउने गरेको छ । मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ ।

गहुँ, धान, मकैलगायत बर्खेबालीका लागि आवश्यक पर्ने भएकाले मल आउन थालेपछि अभाव समाप्त भएको बताइएको छ ।