रौतहट र वीरगंजबाट प्रहरिद्वारा एकैदिन लाखौंको अवैध कपडा बरामद

245
Friendship Mobile

रौतहटमा सशस्त्र प्रहरीले बुधबार दुई लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।

रौतहटको ईशनाथ नगरपालिकास्थित पल्लुवा सीमाबाट चौरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरको अवस्थामा दुई लाख १६ हजार बराबरको कपडा बरामद गरेको एपीएफले जनाएको छ । बरामद गरेको लत्ताकपडा भन्सार कार्यालयलाई बुझाइएको छ ।

यस्तै, बुधबार नै वीरगन्ज आउट पोस्टबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट विरगंजबाट खटिएको एपीएफ टोलीले एकलाख १७ हजार बराबरको लत्ताकपडा र भाँडावर्तन बरामद् गरेको छ ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित ईनर्वा सीमा इलाकाबाट बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।