रौतहटमा मापदण्ड बिपरित सञ्चालीत २ ओटा क्रसर उद्योग सधैँका लागी बन्द, अन्य ६ लाई कारवाही

318
Friendship Mobile

रौतहट जिल्लामा सञ्चालीत ८ क्रसर उद्योग बन्द हुने भएका छन । मापदण्ड पुरा नगरी रौतहटका बिभिन्न स्थानमा सञ्चालित ८ वटा क्रसर उद्योग बन्द हुने भएको हो ।

मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ । ईन्द्रदेब यादबको संयोजकत्वमा बसेको बैठकले प्राबिधिक समितिको प्रतिबेदनको आधारमा श्रीराम जानकी क्रसर उद्योग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका–८, शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८, रमन÷सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाई बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।

सो समितिको बैठकको निर्णय अनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आईरहेको क्रसर उद्योगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आबश्यक मापदण्ड पुरा नगरेका क्रसर उद्योगहरु हाललाई बन्द गरी मापदण्ड पु¥याएपछि मात्र संचालन गर्न अनुमति दिने र राष्ट्रिय गौरबको आयोजना तथा प्राथमिकता प्राप्त योजनाको हकमा आबश्यक क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने निर्णय भएको छ । जसमध्ये श्रीराम जानकी क्रसर उद्योग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका–८, सधैको लागि बन्द हुने भएको छ ।

यस्तै शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१ लाई भने मापदण्ड पुरा गरेपछि सञ्चालन गर्ने दिने र अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८, रमन/सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाइ भने आबश्यक कागजात पेश गरी अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।