मेयर कुशवाहका कारण अपांगहरु सेवासुविधा र अधिकार लिनबाट बञ्चित : उपमेयर खातुन

280
Friendship Mobile

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले अपांगहरुलाई आफना हक अधिकारको लागि संघर्षको आवश्यक्ता रहेको बताएका छन । सरकारले विना संघर्षको अधिकार दिन नसक्ने बताउँदै मेयर कुश्वाहाले आफना हक अधिकारको लागि एकजुट भएर लाग्न अपांगहरुलाई आग्रह गरेका छन ।

विश्व अपांग दिवसको अवसरमा आज रौतहटको कटहरियामा आयोजित एक कार्यक्रममा मेयर कुश्वाहाले यस्तो बताएका छन । कोडिभ–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएको ब्यक्तिहरुको पहुच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ रौतहटको विभिन्न ठाउँमा आज २९ अन्तराष्ट्रिय अपाङ्गता दिबस मनाइएको छ । कार्यक्रममा कटहरिया नगरपालिकाकाकी उपप्रमुख नूरजहाँ खातुनले यस नगरपालिकाका अपांगहरुलाई नगरपालिकाले अधिकार दिनबाट कुण्ठित गरेको आरोप लगाएकी छिन ।

नगरपालिकाका मेयर शियाराम कुश्वाहाले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मनोज रजकसँग मिलेमतो गरी यस नगरका अपांगहरुको सेवासुविधा र अधिकार दिनबाट बञ्चित गराएको उपमेयर खातुनले आरोप लगाएकी छिन । उपमेयर खातुनले मेयर कुश्वाहा अपांगहरुको हक अधिकार खोस्नुका साथै उनिहरुले नगरपालिकाबाट पाउने सेवासुविधा समेत दिन नचाहेको बताएकी छिन ।

आपांगहरुको हक हितका लागि नगरपालिकाबाट गठित समितिको सभापति आफु भएपनि आफले पाउने अधिकार समेत मेयर कुश्वाहाले खोसेर राखेको उपमेयर खातुनले बताईन । नगरपालिकाले अपांगहरुको नाममा ८५ लाख रुपैया निकासा गरेपनि अपांगहरुले कुनै सेवासुविधा नपाएको र सो रकम कुन शिर्षकमा खर्च भयो त्यसको विवरण समेत आफुलाई अझै थाहा नभएको उनले बताईन । अपांगहरुको नाममा रकम निकासा गरी अन्य शिर्षकमा बजेट हालेर हिनामिना गर्ने काम भइरहेकोले यस्तो कार्यको सबैले मिलेर विरोध गर्नुको विकल्प नरहेको समेत उनले बताईन ।

अपांगहरुको हक अधिकारको लागि आफु संघर्षरत रहेको बताउँदै उपमेयर खातुनले आफना अधिकारको लागि एकढिका भएर लाग्न सबै अपांगहरुलाई आग्रह गरेकी थिइन । कार्यक्रममा नेकपाका युवा नेता, व्यापारी एवं समाजसेवी नश्रुदिन अंसारीले अपांगको हक अधिकार तथा सेवासुविधा दिनबाट बञ्चित नगराउन नगर प्रमुख शियाराम कुश्वाहालाई आग्रह गरेका छन । आफना हक अधिकारको लागि तटस्थ भएर लाग्न नेता अंसारीले सबै अपांगहरुलाई आग्रह गरेका छन । अपांगहरुको हरेक समस्या समाधान गर्न र उनिहरुहरुको सुद दुखमा साथ दिन आफु सदैव तयार रहेको समेत समाजसेवी अंसारीले बताएका छन ।

कटहरिया नगरपालिकाको सहयोग र नयाँ नेपाल अपांग संघ रौतहटको आयोजनामा कटहरियाको ज्ञान मन्दिर प्रा. वि. मा आयोजित कार्यक्रममा यस नगरपालिकाका अपांगता भएका सयौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।