मंसिर २८, २९ र ३० गते चन्द्रपुरमा उप-मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

519
Friendship Mobile

लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती रंगसालामा हुने राष्ट्रिय महिला कराते प्रतियोगिता, चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुन् लागेको हो। सो कराते प्रतियोगितामा देशका बिभिन्न १३ नगरपालिकाका महिला कराते खेलाडीहरुको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ । प्रतियोगितामा देशका बिभिन्न १२ गरपालिकाका खेलाडी र आयोजक चन्द्रपुर नगरपालिका सहितको भारतको एक टिकको गरी २०० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिला २५,३०,३५,४०,४५,५०,५५,६० र ६५ किलो तौल समुहमा प्रतिस्पर्दा हुने र टिम काता र एकल काताका खेल हुने सितोरियो कराते संघ रौतहटले जनाएको छ । प्रतियोगिताको तयारीमा संघका पदाधिकारी जुटेको आयोजकले बताएको छ ।