बाराको निजगढमा पनी घन्कियो ‘राजा आउ, देश बचाउ’को नारा

560
Friendship Mobile
  • खड्ग प्रसाद उप्रेती/निजगढ

बाराको निजगढमा सोमबार ‘राजा आउ, देश बचाउ’ भन्दै नाराबाजी र मोटरसाईकल ¥याली भएको छ । राजसंस्था र हिन्दुराज्य पुनः स्थापना संघर्ष स्वतन्त्र समितीको संयोजनमा स्वतस्फुर्त रुपमा जम्मा भएका युवाहरुले नाराबाजी सँगै मोटरसाईकल ¥याली गरेका हुन ।

जिल्लाका बिभिन्न स्थानबाट जम्मा भएका युवाहरुले निजगढको बुद्ध चोकबाट सुरु गरेको जुलुस तथा ¥याली लच्का सम्म पुगी पुनः शहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीहरुले ‘राजतन्त्र जिन्दावाद, हिन्दुराष्ट्र कायम गरौँ, गणतन्त्र धोका हो, राजा आउ देश बचाउ’ लगाएतका नारा लगाएका थिए ।

कोणसभामा राजसंस्था र हिन्दुराज्य पुनः स्थापना संघर्ष स्वतन्त्र समितीका संयोजक सुजन तिमल्सिना, गौसंरक्षण निजगढ शाखाका अध्यक्ष बासुदेव तिमल्सिना, एटिएफ संयोजक सन्तोष राजावादिले सम्बोधन गरेका थिए ।