बारामा कोरोना संक्रमित ७१ बर्षिय बृद्धाको मृत्यु

232
Friendship Mobile

बारामा कोरोना संक्रमित एक महिला को मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकि ७१ बर्षिय संक्रमितको मृत्यु भएको हो ।

संक्रमितलाई निमोनिया र श्वासप्रश्वासमा समस्या भए पछी उपचारको लागि वयोधा हस्पिटल लगिएको थियो । मङ्सिर १६ गते उनको रिपोर्ट पोजेटिभ आए पछि थप उपचारका लागि कोभिड अस्पताल नेशनल मेडिकल कलेज (बाबा) होटेलको आइसोलेसन वार्डमा भर्ना भएका थिइन् ।

उनको उपचारको क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवले जानकारी दिएका छन् ।