उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पक्राउ

220
Friendship Mobile

भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव पक्राउ परेका छन् । कृषि कानुनको विरुद्ध भइरहेको प्रदर्शनमा सहभागी हुन कन्नौज जाँदै गर्दा समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव पक्राउ परेका हुन् । प्रशासनले पहिले लखनउमा उनको घरबाहिर बन्देज लगाएको थियो त्यसपछि अखिलेश नजिकै धर्नामा बसेका थिए ।

अखिलेशले प्रशासनले आफ्ना गाडीहरु जफत गरेको आरोप लगाएका छन् । हिरासतमा लिएपछि उनलाई इको गार्डेन पठाइँदैछ जहाँ उनलाई कस्टडीमा राखिनेछ । अखिलेसको घरअगाडि सडकमा प्रशासनले अवरोध गरेपछि उनी पैदल हिँडेका थिए । अखिलेसले आफ्ना कार्यकर्ताले कैयौं जिल्लामा गिरफ्तारी दिएको बताए ।