रौतहटको दुई छुट्टा छुट्टै स्थानमा कांग्रेसको बैठक सम्पन्न, २९ गते गौरमा सरकार बिरोधि बृहत कार्यक्रम गरिने

1,006
Friendship Mobile

रौतहटको २ छुट्टा छुट्टै स्थानमा मंगलवार नेपाली कांग्रेसको नगरस्तरिय बैठक सम्पन्न भएको छ । रौतहटको गुजारा नगरपालीका र कटहरिया नगरपालीकामा केहि समय अघि बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरिले धरपकड गरि नियन्त्रणमा लिएको बिरोधमा कांग्रेसको नगरस्तरिय बैठक सम्पन्न भएको हो ।

बैठकले नेकपा सरकारको बिरुद्धमा सदरमुकाम गौरमा यहि मंसिर २९ गत्ते बृहत बिरोध प्रदर्शन गर्ने सम्बन्धमा छलफल गरेको कांगेस निकट श्रोतले बताएको छ । कांग्रेसले अहिलेको सरकारले मनपरि सासन गर्न खोजेको, हत्या, हिंसा, मंहगी तथा कालाबजारि नियन्त्रण गर्न नसकेको, भ्रष्टाचार र घुसखोरिमा सरकार लिप्त रहेको भन्दै सदरमुकाम गौरमा बृहत बिरोध ¥याली तथा आन्दोलनको तयारि गरेको हो ।

गुजारा नगरपालीकामा नगरसभापती कुमार प्रसाद चौलागाईंको सभापतीत्व तथा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला सदस्य मोहिबुल हक, मेयर प्रत्यासि शेख दाउद, उप–मेयर प्रत्यासि रत्न लामा, वडाध्यक्ष पवन गीरि लगाएतको सहभागीतामा बिरोध कार्यक्रमलाई कसरि बृहत रुपमा सफल बनाउने लगाएतको बिषयमा छलफल भएको थियो ।

त्यसैगरि कटहरिया नगरपालीकामा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यता तथा नगरसभापती सर्फलाल प्रसाद गुप्ताको सभापतित्वमा बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला सदस्य वाल्मिकी यादव, प्रदेश २ शिक्षक संघका उपाध्यक्ष राम मंगल प्रसाद यादव, अजय प्रकास जयसवाल, शिक्षक संघ रौतहटका पुर्व सचिव कपिलदेव प्रसाद यादव, वडाध्यक्ष शम्भुकान्त प्रसाद यादव, वडाप्रत्यासि दिपलाल यादव, वडा नम्बर ३ का सभापती हरिन्द्र यादव, निबर्तमान केन्द्रिय सदस्य राजाबाबु जयसवाल, क्षेत्रिय सदस्य शंकरदास बनिया, कोषाध्यक्ष बच्चालाल यादव, वडाप्रत्यासि सहिद मिया, क्षेत्रिय सचिव रामविर ठाकुर, वडा सभापती रामअयोध्या यादव, हृदय नारायण यादव लगाएतको सहभागीता रहेको क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिवालय सचिव गनिलाल प्रसाद यादवले जानकारि दिनुभयो ।

नेपाली कांग्रेसले हालको नेकपा सरकारको रबैयाको बिरुद्धमा मंसिर २९ गते देशब्यापि बिरोधको कार्यक्रम गर्दै छ । कांगे्रसका बरिष्ठ नेता पौडेल पुल उद्घाटन गर्न तनहुँ स्थित गृहनगर दमौली पुगेका बेला मंसिर १७ गत्ते बुधबार प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छाडेको थियो । व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल उद्घाटन गर्न पुगेका उनलाई प्रहरीले पक्राउ गरेको बिरोधमा कांग्रेसले बिरोधका बिभिन्न कार्यक्रम गर्दै आईरहेको छ ।

पुलको नेता पौडेलले नै १८ गत्ते बिहिवार उद्घाटन गरेका थिए ।