निजगढमा मंसिर २६ र २७ गते निशुल्क महिला प्रजनन् स्वास्थ्य सम्बन्धि शिबिर हुने

420
Friendship Mobile

बारा जिल्लाको निजगढमा निशुल्क महिला प्रजनन् स्वास्थ्य सम्बन्धि शिबिर हुने भएको छ । यहि मंसिर २६ र २७ गते निगजढ नगरपालीका ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको परिसरमा महिला प्रजनन् स्वास्थ्य शिबिर हुने भएको हो ।

लायन्स क्लव अफ निजगढ सिटिको आयोजनामा निजगढ नगरपालीका सँगको सहकार्य तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राबिधिक सहयोगमा स्वास्थ्य शिबिर आयोजना गर्न लागीएको आयोजक लायन्स क्लव अफ निजगढ सिटिका प्रेसिडेन्ट मनोज रेग्मिले बताउनुभएको छ । सिबिरलाई मिडिया पार्टनरको रुपमा लिड न्युज नेपालले सहयोग गरेको छ भने रेडियो निजगढ र रेडियो मध्यतराई पनी मिडिया पार्टनरमा रहेका छन ।

ग्रामिण भेगका महिलाहरु प्रजनन् स्वास्थ्य सँग सम्बन्धित बिषयहरुमा खुलेर कुरा नगर्ने तथा प्रजनन् स्वास्थ्य सँग सम्बन्धित रोग तथा स्वास्थ्य समस्याका बारेमा खासै जानकार नरहेकै कारण बिभिन्न प्रजनन् स्वास्थ्य सम्बन्धि समस्याहरु भोगीरहेका छन । त्यस्ता महिलाहरुलाई सहयोग पु¥याउने उद्देश्यले क्लवले स्वास्थ्य शिबिरको आयोजना गर्न लागेको क्लवका पास्ट प्रेसिडेन्ट एवं कार्यक्रमका संयोजक खड्ग प्रसाद उप्रेतीले बताउनुभयो ।

लायन्स क्लव अफ निजगढ सिटिले समय समयमा बिभिन्न सामाजिक कामहरु गर्दै आईरहेको छ ।