८ हजार घुस सहित बरहथबामा विद्युतका कर्मचारी पाण्डे परे अख्तियारको फन्दामा

716
Friendship Mobile

सर्लाहीको बरहथवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका एक कर्मचारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास स्थित आयोगको कार्यालयबाट खटिएको टोलीले आठ हजार रुपैयाँ घुस रकमसहित मनोज कुमार पाण्डेलाई नियन्त्रणमा लिएको हो । विद्युत मिटरको क्षमता वृद्धिका लागि सेवाग्राहीसँग लिएको आठ हजार रुपैंया रकम सहित पाण्डेलाई बरहथवा नगरपालिका–६ स्थित नेपाल बैंक चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्राधिकरणमा तेस्रो तहका कर्मचारी पाण्डेलाई थप कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं स्थित टंगाल पठाइने अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । उज्यालो अभियानबाट…