पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण,१४ जनाको मृत्यु

295
Friendship Mobile

नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन् ।

यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।