फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा विश्वभर समस्या

492
Friendship Mobile

सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन ।

डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीन बजे देखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।

म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।

डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।