योग्यलाई हाजिर हुन दिँदैनन्, तल्लो तहका कर्मचारिलाई आफु अनुकुलको पदमा राखेर चरम भ्रष्टाचार गर्दै रौतहटका स्थानिय तह

369
Friendship Mobile

दरबन्दी अनुसारको अधिकृत नहुँदा रौतहटको अधिकांश स्थानीयतह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालनमा रहेको छ । नेपाल सरकारले नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा उपसचिव र गाँउपालिकाको हकमा शाखा अधिकृतका दरबन्दीको व्यवस्था गरे पनि रौतहटका अधिकांश स्थानीय तहहरुमा उपसचिव तथा अधिकृतभन्दा तल्लो तहका कर्मचारीहरु निमित प्रमुखको रुपमा काम गरिरहेका छन ।

नियामनुसार नगरपालिकाको प्रमुख हाकिम उपसचिव र गाउँपालिकाको प्रमुख हाकिम शाखा अधिकृत बन्ने व्यस्था भएपनि जिल्लाका अधिकांश पालिकामा प्रमुख प्रशासकीय र शाखा अधिकृतको दरबन्दी हुन नसक्दा निमित्त प्रमुख प्रशासकीय अधिकृतले नै प्रमुख हाकिम बनेर कार्यालय सञ्चालन गरिरहेको देखिएको छ ।

रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका गरी जम्मा १८ वटा स्थानीय तहहरु रहेको छ, जसमध्ये एक गौर नगरपालिकामा मात्रै दरबन्दी अनुसार उपसचिवले काम गर्न पाएका छन । बाँकी रहेको जिल्लाको १५ नगरपालिका र २ गाँउपालिकामा अझै दरबन्दी अनुसारको कर्मचारी आउन सकेका छैनन् ।

दरबन्दी अनुसारको अनुभव भएका कर्मचारीलाई पालिकाको प्रमुख प्रशासकीय अधिकृतको जीम्मेवारी दिँदा नीती, नीयम, ऐन, कानुन बढी झेल्नुपर्ने भन्दै रौतहटका जनप्रतिनिधीहरुले आफु अनुकुलका कर्मचारीलाई नै निमित्त प्रमुख प्रशासकिय अधिकृत भन्दै हाकिम बनाउने गरेका छन । दरबन्दी अनुसारको कर्मचारी आउँदा निति नियम अनुसार काम गर्ने भएकोले जनप्रतिनिधिहरुले आफुले सोचे जस्तो बजेट खर्च गर्न पाउँदैनन्, त्यसैको डरले यहाँका जनप्रतिनिधिहरुले आफु अनुकुलका लेखापाल, खरिदार, नायव सुब्बा, ईन्जिनियर लगाएत तल्लो तहका कर्मचारीलाई पालिकाको प्रमुख कर्मचारी बनाएर राखेका छन । जनप्रतिनिधिहरुको यस्तो गैर कानुनी कार्यले जिल्लाका स्थानीय तहहरुमा भ्रष्टाचारको चरम सिमा नाघेको छ ।

आफु अनुकुलका तल्लो तहका कर्मचारीहरुलाई नै पालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत बनाएर आफ्नो मनपर्दी बजेट खर्च गर्न जिल्लाका कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले दरबन्दी अनुसारको सरुवा भएर आउने कर्मचारीहरुलाई हाजिर नै हुन नदिने गरेका छन । दरबन्दी अनुसारको कर्मचारी आउँदा उनीहरुलाई हाजिर हुनै नदिने र तल्लो तहका कर्मचारीहरु निमित्त प्रमुख प्रशासकिय अधिकृत बनेर रजाइँ गर्ने प्रवृतिले रौतहटको स्थानिय तहमा अत्यधिक रुपमा भ्रष्टाचार मौलाएको छ ।