वडावासिको सुबिधाका लागी भन्दै वडा नं.५ को कार्यालयले बाँड्यो चेकबुक

341
Friendship Mobile

रौतहट जिल्लाको कटहरिया नगरपालीका वडा नम्बर ५ का वडावासिका लागी शुक्रवार वडा कार्यालयले चेकबुक बितरण गरेको छ । वडाअध्यक्ष सर्फलाल प्रसाद गुप्ताले वडाका सामाजिक सुरक्षा भत्ता बुझ्ने एकल महिला, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुलाई नेपाल बैंक लिमिटेडको चेक बुक बितरण गर्नुभएको हो ।

वडाध्यक्ष गुप्ताका अनुसार चेकमार्फत सामाजिक सुरक्षा भत्ता बितरण गर्नुपर्ने राज्यको नियमानुसार सामाजिक सुरक्षा भत्ता बुझ्ने वडावासिका लागी चेक बुक बितरण गरिएको हो । बृद्धबृद्धा तथा अपाङ्गता भएका ब्यक्तिहरु बैंकसम्म पुग्न नसक्ने र कोरोना माहामारिको समयमा बैंकमा भिड गर्न नहुने भएका कारण सामाजिक सुरक्षा भत्ता बुझ्ने ब्यक्तिहरुलाई सुबिधा पु¥याउने उद्देश्यले बैंक मार्फत चेकबुक बुझि वडा कार्यालय मार्फत बितरण गरिएको हो ।

वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, एकल महिला, बिधुवा, पुर्ण र आंशिक अपांग गरि जम्मा ३८२ जना रहेका छन । नेपाली कांग्रेस पार्टिबाट बिजयी भएका वडाध्यक्ष गुप्ताले वडा कार्यालयलाई डिजिटल वडा बनाउन तर्फ आफु लागीरहेको बताउनु भएको छ ।

वडावासिको काम गर्दै वडा सचिव र सहयोगी नबिन यादव

गुप्ताले कम्प्युटर लगाएत वडामा आवश्यक सामाग्रीहरु खरिद गरिसकिएको र जडान तथा केहि प्राबिधिक काम गर्न बाँकी रहेकोले वडामा अनलाईन मार्फत काम गर्न केहि ढिला भएको बताउनुभयो ।

वडामा कम्प्युटर सिस्टम नभएको तथा कम्प्युटर चलाउन जान्ने दक्ष कर्मचारि नभएका कारण पनी वडावासिलाई छिटो छरितो सेवा पु¥याउन समस्या भईरहेको वडा सचिव बच्चेलाल साहले गुनासो गर्नुभयो ।