रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज शुक्रवारदेखी भयो सञ्चालन

245
Friendship Mobile

रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज शुक्रवारदेखी सञ्चालन भएको छ । जिल्लाको कटहरिया नगरपालिका ८ पिप्रा पोखरीयामा रहेको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज यस वर्षको लागि शुक्रवारदेखी सञ्चालनमा आएको हो ।

उद्योग सञ्चालनको लागि शुक्रवार मिलको ढोंगाको पुजा गरिएको छ । ढोंगाको पुजा भएसँगै यस वर्षको लागि मिलले विधिवत रुपमा उखु क्रसिङ गर्न सुरु शुरु गरेको छ । दुई वर्ष अघि सञ्चालनमा आएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजको दैनिक २५ हजार क्वीन्टलसम्म उखु क्रसिङ गर्ने क्षमता रहेको छ ।

यस वर्ष १० देखी १५ लाख क्वीन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्यका साथ मिल शुक्रवारदेखी सञ्चालन गरिएको उद्योगपति बैजु बाबराले जानकारी दिए । रौतहटमा दुई वटा चिनी उद्योग रहेको छ । दुई वटामध्ये सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्रीराम सुगर मिल्स गरुडा गत वर्षदेखी बन्द रहेको छ ।

श्रीराम सुगर मिल्स बन्द हुँदा निरास भएका उखु किसानहरु बाबा बैजुनाथ सुगर मिल्स सञ्चालन भएपछि हर्षित भएका छन ।