भन्सार छलि अवैध रुपमा नेपाल भित्र्याईएको करिव १ लाख ४० हजार बराबरको समान रौतहट प्रहरिले गौर भन्सारमा बुझायो

238
Friendship Mobile

रौतहट प्रहरिले बिभिन्न समयमा बरामद भएको करिव १ लाख ४० हजार बराबरको अबैध समान बिहिवार भन्सार कार्यालय गौरमा बुझाएको छ ।

प्रहरिले पछिल्लो समय जिल्लासँग भारतिय नाका जोडिएका बिभिन्न ठाउँहरुमा गस्ति बढाएको छ । त्यसैको फलस्वरुप प्रहरिले अबैध समान बरामद गर्ने क्रम बढ्दो छ । बिहिवार बोरा र झोलामा फेला परेका अबैध सामान गौर भन्सार कार्यालयमा बुझाईएको हो ।

चिनि, सरफ, लत्ताकपडा, राजनिवास, शिखर गुट्खा, लहसुन, डिएपि मल, बिजुलीको तार, चिम लगाएतका करिव १ लाख ३५ हजार ६०५ बराबरको बेवारिसे अवस्थामा फेला पारिएको अवैध समान भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

बिभिन्न मिती र समयमा भन्सार छलि अवैध रुपमा चोरि पैठारि गरि नेपाल भित्र्याईएको सामान बरामद गरि भन्सारमा बुझाईको प्रहरिले उल्लेख गरेको छ ।