वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताको उपस्थितीमा शनिवार बालपोषण भत्ता बाँडियो

411
Friendship Mobile

रौतहटको कटहरियामा आज शनिवार वडा कार्यालयले बाल पोषण भत्ता वापतको रकम बितरण गरेको छ । नगरपालीकाको वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको उपस्थितीमा वडाका क्षेत्र तोकिएको बालवालीकालाई बालपोषण भत्ता वितरण गरिएको हो ।

कटहरिया गाउँ स्थित एक स्थानियको घरको प्रांगणबाट पोषण भत्ता बितरण गरिएको वडाको सचिव सहयोगी नबिन यादवले जानकारि दिए । नेपाल सरकारले बालबालीकालाई बर्षको ३ पटक मासिक ४०० रुपैँयाका दरले चौमासिक १,६०० प्रदान गर्ने गर्दछ । सो वडामा पोषण भत्ता लिने बालवालीकाको संख्या दलित ७४ सहित ५९७ रहेको छ ।

आर्थिक बर्ष २०७७/७८ को पहिलो चौमासिक अन्तर्गत ९ लाख ५३ हजार छ सय रुपैँया बितरण गरिने वडा सचिव बच्चेलाल साहले बताए ।