निजगढको वडा नम्बर ४ को कार्यालयले बाँड्यो न्यानो ओढ्ने ओछ्याउने

395
Friendship Mobile

बाराको निजगढमा ज्येष्ठ नागरिक तथा अपङ्गगता भएका ब्यक्तिहरुलाई न्यानो सिरक डस्ना वितरण गरिएको छ । निजगढ नगरपालीकाको वडा नम्बर ४ को कार्यालयले केहि दिन देखि बढेको चिसोलाई मध्यनजर गर्दै सिरक डस्ना बितरण गरेको वडाध्यक्ष जयराम कुँवरले जानकारि दिए ।

वडाले ३५ जना ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो ओढ्ने ओछ्याउने बितरण गरिएको छ । तराईको जाडोले हरेक बर्ष बिपन्न, ज्येष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिहरु प्रभावित हुने गर्छन ।

कार्यालयले गएको बर्षमा पनी ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा बितरण गरेको थियो ।