चोरिको मोटरसाईकल र ५ थान चाबि सहित रौतहटमा एक ब्यक्ति पक्राउ

382
Friendship Mobile

रौतहट प्रहरिले चोरिको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार बेलुका प्रहरिले गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारि चेक जाँच गर्ने क्रममा ईलाका प्रसासन कार्यालय गरुडा अगाडिबाट चोरिको मोटरसाईकल सहित गढिमाई ६ धर्मपुर टोलका २० बर्षिय रबिन्द्र रायलाई पक्राउ गरेको हो । रायले चलाएको BR 30 V 3547 नम्बरको कालो रंगको बजाज पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा कागजपत्र नरहेको र खान्तलासिका क्रममा बिभिन्न ५ ओटा साँचो बरामद भएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

रायको पाईन्टको खल्ति चेकजाँच गर्ने क्रममा SPARK, ULTRON 099, Hero, TVS, MINDA नामको गरि ५ थान साँचो बरामद भएको प्रहरिले बतायो ।

उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरिले जानकारि दिएको छ ।