प्रदेश १ का मुख्‍यमन्त्री राईविरुद्ध अविश्‍वास प्रस्ताव दर्ता

228
Friendship Mobile

प्रदेश १ का मुख्‍यमन्त्री शेरधन राईविरुध्‍द अविश्‍वास प्रस्ताव दर्ता भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल- माधवकुमार समूहका सांसद्‍हरुले अविश्‍वास प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्तावमा ३७ सांसद्‍ले हस्ताक्षर गरेका छन् । भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

अविश्वासको प्रस्तावमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो प्रस्तावक रहनुभएको छ भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी रहनुभएको छ । ९३ सांसद रहेको १ नम्बर प्रदेशमा दाहाल–नेपाल पक्षसँग ४० बढी सांसद्‍ छन् ।

अविश्वासको प्रस्तावपछि मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।