कटहरियामा कांग्रेसले उता¥यो हजारौँ कार्यकर्ता, लगायो सर्बसत्तावाद बिरुद्ध नारा

389
Friendship Mobile

संसद विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सोमवार देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले ठुलो जनमासको सहभागीतामा प्रदर्शन गरेको छ ।

पार्टिको केन्द्रिय परिपत्र अनुसार तथा क्षेत्रीय भेलाहरुको निर्णय अनुसार रौतहटमा पनी हजारौँ कांग्रेस नेता कार्यकर्ताको उपस्थितीमा बिरोध प्रदर्शन भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको सर्बसत्तावाद चरित्र, संसद बिघटन जस्तो असंबैधानिक कदम र नेकपाको अकर्मण्यताको बिरोधमा हजारौँको जनसहभागीतामा जिल्लाको ४ ओटै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरिएको कांग्रेस रौतहटले जनाएको छ ।

कार्यक्रमलाई पार्टिका बिभिन्न नेता तथा कार्यकर्ताले सम्बोधन गरेका थिए ।

यसैबिच निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको कटहरिया नगरपालीका ५ को कटहरिया बजारमा भएको बिरोध जनसभालाई संबिधानसभा सदस्य एवं पुर्व सांसद सुनिल कुमार यादव ‘जितेन्द्र’ले सम्बोधन गर्नुभएको छ । हजारौँको जनसभागीता रहेको बिरोधसभालाई सम्बोधन गर्दै सांसद जितेन्द्रले तत्कालीन एमाले, माओवादी लगाएतका दलले पटक पटक प्रयास गर्दा पनी निर्माण गर्न नसकेको संबिधानलाई कांग्रेस नेतृत्वको सरकारले सफलतापुर्वक निर्माण गरेको तर नेकपाले सोहि संबिधानको मर्म बिपरित संसद बिघटन गर्नु अत्यधिक दुःखद भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षि दल भएपनी संसदिय ब्यबस्थाको आचरण अनुरुप अघि बढिरहेकोले नेपाली कांग्रेसले कहिले पनी बिरोध तथा आन्दोलनका कार्यक्रम गरेन तर जनताको हितमा काम गर्छु, जनताले रोजेको पार्टि भन्नेले नै जनभावना बिपरित काम गरेको पुर्व सांसद जितेन्द्रको भनाई थियो । जनताले संबिधानमा भएको त्रुटिलाई सच्याउनका निम्ति दुई तिहाईको मत दिएको भएपनी सरकारले जनताको मतलाई बुझ्न नसकेको, भ्रष्टाचार गरेको, बिश्वब्यापी कोरोना कहरका बिच पनी भ्रष्टाचारमा लिप्त रहनु लज्जास्पद भएको उहाँको भनाई थियो ।

हालका प्रधानमन्त्री ओलीले संबिधानमा कहिँ कतै नलेखिको तानासाहि प्रबृत्ति देखाएर संसद बिघटन गरेर तानासाहि प्रबृत्ति देखाएको उल्लेख गर्दै पुर्वमन्त्री जितेन्द्रले ओलीले हिट्लरको जस्तो अधिनायकवाद देखाएको र उनको पनि बिश्वमा कसरि तानासाहिहरु समाप्त भए त्यस्तै हाल हुने बताउनुभयो । उहाँले अब केपि शर्मा ओलीको अन्त्य निश्चित भएको भन्दै उहाँले नेपाली कांग्रेसले जहिले पनी नेपाली जनताको पक्षमा आन्दोलन गर्दै आएको र अव पनी कांग्रेस जनताको साथमा रहेको बताउनु भयो ।

बिरोध कार्यक्रममा पुर्व सांसद जितेन्द्र सँगै जिल्ला उपसभापती सुनिल कुमार यादव, शिक्षक संघका जिल्ला अध्यक्ष राम कृपाल यादव, जिल्ला सचिव हृदयनारायण यादव, ३ नं. क्षेत्रका क्षेत्रिय सभापती रामभरोस यादव, ने.बि.संघका पुर्व केन्द्रिय सदस्य राजाबावु साह, जिल्ला सदस्य वाल्मिकी यादव, फतुवा बिजयपुरका मेयर गोपाल यादव सहित कांग्रेसका नेताहरु सम्भुकान्त यादव, मेयर प्रत्यासि अजय प्रकाश जयसवाल, जिल्ला समन्यवय सभापती राम एकवाल प्रसाद यादव, कटहरिया नगरसभापती सर्फलाल प्रसाद गुप्ता, क्षेत्रिय सचिव भैरोलाल महतो, गनिलाल यादव लगाएत हजारौँ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।