लायन्स क्लव लालबन्दीले ग¥यो ११९ परिवारलाई न्यानो कम्बल बितरण

518
Friendship Mobile

लायन्स क्लव लालबन्दीले मंगलवार बिपन्न तथा बिकट बस्तिका न्युन आय आर्जन भएका परिवारलाई न्यानो कम्बल बितरण गरेको छ । क्लवले आफ्नो सामाजिक कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिँदै बिपन्न परिवारमा न्यानो बितरण गरेको हो ।

क्लवले सर्लाहीको लालबन्दी नगरपालीकाको वडा नम्बर १२, १६ र १७ का ११९ परिवारलाई कम्बल बितरण गरेको हो । वडा नम्बर १२ भालुखोपका ५३, १६ परवानीपुरका ३० र १७ रानीगञ्जका ३६ परिवारलाई न्यानो कम्बल बितरण गरेको क्लवले जनाएको छ ।

न्यानो बितरण कार्यक्रममा लायन्स क्लव ईन्टरनेसनलका PMCC भरत प्रसाद ढुंगेल, लायन्स क्लव अफ लालबन्दी सिटिका प्रेसिडेन्ट राजकुमार न्यौपाने, वडाध्यक्षहरु १६ का गणेश थापा, १७ का नवराज अधिकारि सँगै पुर्व सांसद शम्भुलाल श्रेष्ठ लगाएतका ब्यक्तिहरुको सहभागीता रहेको थियो । पुर्व सांसद श्रेष्ठ वडा नम्बर १२ को भालुखोपमा गरिएको कार्यक्रममा मात्र सहभागी भएका थिए ।

साथै उक्त वडामा सहारा फाउण्डेसले समेत न्यानो स्विटर बितरण गरेको छ । फाउण्डेसनले भालुखोपका बिद्यार्थीहरुका लागी स्विटर बितरण गरेको हो । लायन्स क्लवले न्यानो कम्बल बितरण गर्न पुगेको समयमा फाउण्डेसन पनी भेटिए पछि संयोगले दुबै संस्था मिलेर न्यानो बितरण गरेका लायन्स क्लव अफ लालबन्दी सिटिका प्रेसिडेन्ट न्यौपानेले जानकारि बताउनुभयो ।