सर्जक हेमन्त कान्छा रसाईलीको ‘के छ ज्यानलाई’ सार्वजनिक

426
Friendship Mobile

पछिल्लो समयमा चर्चाको शिखरमा रहेका गाएक तथा सर्जक हेमन्त कान्छा रसाईलीको नयाँ म्युजिक भिडियो ‘के छ ज्यानलाई’ सार्वजनिक भएको छ ।

रमेश बिजीको उत्कृष्ट शब्दमा सर्जक रसाईली र निता पुनको आवाज रहेको गीतको भिडियोलाई कुमन नेपालीले निर्देशन गरेका छन । रसाईलीकै संगीत रहेको गीतको भिडियोमा नेपाली चलचित्रका लोकप्रिय नायक दिलीप रायमाझिले अभिनय गरेका छन भने नृत्यमा वुगी बुगीकी बिजेता कबिता नेपालीले रायमाझिलाई साथ दिएकी छिन ।

लोकदोहोरी गित प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीको जन्म दिनको अवसर पारेर म्युजिक भिडियोलाई रसाईलीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

रसाईलीले पछिल्लो समय श्रोता दर्शकको मन छुने गित संगीत प्रस्तुत गरीरहेका छन भने दिन प्रतिदिन उनको लोकप्रियता समेत बढ्दो छ । छोटो समयमै सबै माझ लोकप्रिय बनिरहेका गायक तथा सर्जक रसाईलीका हरेक गीत उत्कृष्ट हुने गर्दछन ।

यो गीतमा पनि उनले निकै मेहनत गरेको देखिएको छ ।