रौतहटमा बिहिवार बिहानैदेखि बाक्लो हुस्सु, जनजीवन प्रभावित

410
Friendship Mobile

बुधवार बिहानै देखि पारिलो घाम लागेको तराईका जिल्लाहरुमा बिहिवार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सु लागेपछ चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ ।

हुस्सुका कारण रौतहट सहित तराईवासि बिहानैदेखि आगो बालेर तापीरहेका छन भने बिद्यालय उमेरका बालबालीकाहरुलाई समेत मर्का परेको छ । सवारि साधन चलाउन समेत समस्या भएको छ । चिसोका कारण तराईका बिपन्न परिवारलाई समस्या हुने गरेको छ ।

यस बर्ष पहिलेको जस्तो अत्यधिक चिसो र शितलहर नपरेको जानकारहरु बताउँछन । शितलहर परेको खण्डमा तराईको जनजिवन अन्यधिक कष्टकर हुने गरेको छ । तराईमा बसोवास गर्ने डुम, चमार, लगाएतका बिपन्न दलीत समुदाय चिसोका कारण बढि प्रभावित हुने गरेको छन ।

चिसोबाट बच्न चिकित्सकले समेत सुझाव दिएका छन । तराईको चिसोबाट साना केटाकेटी र बृद्धबृद्धालाई बचाउन चिकित्सको जोड छ ।