रौतहटमा ओली समुहका प्रभु साहको पक्षमा जनलहर, दाहाल नेपाल समुह भने निरन्तर संघर्षको कार्यक्रम घोषणा गर्दै

303
Friendship Mobile

ओली समुहमा प्रवेश गरेर शहरि बिकास मन्त्री बनेका प्रभु साहको पक्षमा जनलहर उर्लिरहेका बेला नेकपाको दाहाल नेपाल समुहको निरन्तर भेला र बैठक बसिरहेको छ । हिजो मात्रै पनी रौतहटको कटहरिया नगरपालीका अन्तर्गतका वडाहरुको बैठक बसेको थियो ।

कटहरिया नगरपालिकाको वडा नं १,२,३,४,५,६ र ९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदम बिरुद्ध दोस्रो चरणको बिरोध कार्यक्रमको लागि भेला बसि वडा स्तरीय संघर्ष समिती गठन गरिएको छ । नगर संघर्ष समितिको संयोजक समाजसेवी नसरूदिन अंसारीको संयोजकत्वमा संघर्ष समिती गठन गरिएको श्रोतले बताएको छ ।

यता स्थानियस्तरका नेता कार्यकर्ताहरुले संघर्षका कार्यक्रमको घोषणा गरिरहेका बेला केन्द्रियस्तरका नेताहरुल भने चुनावी प्रतिस्पर्धाका लागी तयार रहेको बुझिएको छ । केहि पार्टीका शिर्ष नेतृत्वले नै चुनावको तयारिमा लाग्न तल्लो तहमा सर्कुलर जारि गरिसकेका श्रोतले जनाएको छ । उनिहरुका अनुसार चुनावको मिती नजिक रहेकोले संघर्ष भन्दा पनी चुनावी माहोल बनाउन तर्फ ध्यान केन्द्रित गर्ने बेला आएको छ ।

जनताको माझमा जान डराएको भन्ने आशय जनताले बुझ्न थालेको भन्दै बाहिर बिरोध गरेपनी भित्र भित्र भने चुनावको तयारिमा लाग्नुको बिकल्प नरहेको केहि पार्टि निकट श्रोतले सञ्चारमाध्यमसँग आफ्नो धारणा राख्दै बताएका छन ।