नव जनजागृती युवा क्लबको बार्षिक साधारणसभा सम्पन्न

357
Friendship Mobile

बारा जिल्लामा फुटबलको पर्यायवाची शब्द जस्तै बनेको नव जनजागृति युवा क्लबकाे १३ ओैं साधारणसभा बिहिवार जीतपुर सिमरा उपमहानगरपालिका स्थित होटेल प्याराडाईजमा सम्पन्न भएको छ ।

सम्पन्न सभाले रामचन्द्र लामाको अध्यक्षतामा समिती बिस्तार गरेको छ । बिस्तारित समितिको उपाध्यक्षमा दुर्गा बहादुर थापा, महासचिवमा शम्भु सिंह ठकुरी, सचिवमा श्यामकृष्ण सुवेदी, कोषाध्यक्षमा शालिकराम अधिकारी सहित अन्य सदस्य छन । यश अघिका अध्यक्ष कासिममिया अन्सारी; जसले क्लबको बिकास गराई राष्ट्रिय स्तरमा क्लबलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेको महासचिव शम्भु सिंह ठकुरीले बताए ।

मियाले विभिन्न प्रायोजक र सह-प्रायोजकलाई साथमा लिएर देशमै लोकप्रिय प्रतियोगिता गराउन शुरु गरेको र क्लब अहिले जुन स्थानमा छ त्यसमा अहम भुमिका खेलेको कार्यक्रमका बक्ताहरुको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मियाले आजिवन क्लबलाई सहयोग र साथ दिने प्रतिबद्धता समेत जनाएका छन् ।

क्लबले मोफसलमा सब भन्दा पहिले ठूलो धन राशिको राष्ट्रिय प्रतियोगिता गराउन शुरु गरेको थियो भने अहिले प्रदेश २ मा नै सब भन्दा बढी पुरस्कार राशिको प्रतियोगिता गराउंँदै आएको छ । क्लबले विभिन्न काल खण्डमा राष्ट्रिय र अन्तरास्ट्रिय खेलाडी उत्पादन गराउंँदै आएको छ ।