कांग्रेसले आज ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

299
Friendship Mobile

संसद् विघटनविरुद्ध सडक आन्दोलनमा जाने निष्कर्ष निकालेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत आज (शनिबार) ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै छ ।

केन्द्रीय समिति बैठकबाटै संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको कांग्रेसले आज प्रदेशसभा निर्वाचन क्षेत्रअन्तर्गत ३३० वटै क्षेत्रमा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले गत १९ पुसमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रदेश निर्वाचन क्षेत्र र स्थानीय तह हुँदै स्थानीय तहका सबैभन्दा तल्लो निकाय वडा तहमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । जसअनुसार ३ माघमा ७ सय ५३ पालिका र ८ माघमा देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय छ । राजधानी दैनिकबाट…

यो पनी पढ्नुस्