लालबन्दी जेसिसको बर्ष २०२१ को अध्यक्षमा श्याम खड्का निर्वाचित

376
Friendship Mobile

लालबन्दी जेसिसको बर्ष २०२१ को अध्यक्षमा श्याम कुमार खड्का निर्वाचित भएका छन । शनिवार लालबन्दी स्थित होटल नमस्तेमा सम्पन्न लालबन्दी जेसिसको दोश्रो बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट खड्का अध्यक्षमा निर्बिरोध चयन भएका हुन ।

अधिवेशनबाट दुई कार्यकारिणी उपाध्यक्षमा सरोज न्यौपाने र केशव खड्का निर्वाचित भएका छन । त्यस्तै चार उपाध्यक्ष पदमा सन्तोष पौडेल, बिमल नगरकोटि, गणेश कार्की र कुमार घिमिरे निर्विरोध चयन भएका संस्थापक अध्यक्ष किरण घिमिरेले जानकारि दिनुभयो । जेसिसको बिधान अनुसार निर्वाचन आयुक्तमा मातृशाखा चन्द्रनिगापुर सिटी जेसिज बर्ष २०२० का अध्यक्ष दिलिप सापकोटालाइ नियुक्त गरिएको थियो ।

जेसिस लालबन्दीको बिधान अनुसार महासविच, कोषाध्यक्ष र कानुनी सल्लाहकार पदमा भने अध्यक्षले मनोनित गर्ने व्यबस्था रहेको संस्थापक उपाध्यक्ष कोमलहरी गौतमले बताउनुभयो ।